काठमाडौं, ३० जेठ - सर्वोच्च अदालतले साढे तीन बर्षपछि पूर्व एआइजी पार्वती थापाको रिट खारेज गरेको खबर आजको नागरिकमा छापिएको छ ।
न्यायाधीशद्वय दीपकराज जोशी र तेजबहादुर केसीको संयुक्त इजलासले सोमबार रिट खारेज गरेको हो ।
सरकारले उपेन्द्रकान्त अर्याललाई प्रहरी महानिरीक्षकमा नियुक्ति गरेपछि आफूमाथि अन्याय भएको भन्दै उनी अदालत पुगेकी थिइन् । थापाले २०७० कार्तिक २१ मा रिट निवेदन दिएकी थिइन् ।
एआइजीमा सबैभन्दा वरिष्ठ दावी गरेकी थापाले आफूलाई प्रहरी महानिरीक्षक बनाउनुपर्ने माग गर्दै रिट दिएकी थिइन् ।