२५ जेठ २०८३, सोमबार

कोरोना अपडेट : थपिए २६२४ संक्रमित, २० जनाको मृत्यु

कोरोना अपडेट : थपिए २६२४ संक्रमित, २० जनाको मृत्यु

पछिल्लो २४ घन्टामा २ हजार ६२४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १३ हजार ५६३ नमूना परीक्षणमध्ये एक हजार ९४७ पीसीआर र ६७७ जनामा एन्टिजेन पोजिटिभ देखिएको हो ।

यससँगै नेपालमा हालसम्म ८ लाख पाँच हजार १९० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । 

पछिल्लो २४ घण्टामा २० जनाको मृत्यु भएसँगै कुल मृत्यु संख्या १० हजार २५९ पुगेको मन्त्रालयले जनाएको छ । 

मन्त्रालयका अनुसार थप एक हजार ३२० जना संक्रमणमुक्त भएका छन् । यससँगै हालसम्म कोरोना संक्रमणमुक्त हुनेहरूको संख्या ६ लाख ८० हजार ८१५ पुगेको छ । 

हाल मुलुकभर ३९ हजार ४०५ सक्रिय संक्रमित छन् । 

salt training

कमेन्ट गर्नुहोस्