०८ साउन २०८३, शुक्रबार

मोरङ कारागारका एक कैदीको मृत्यु

मोरङ कारागारका एक कैदीको मृत्यु

मोरङ कारागारमा कैद भुक्तान गर्दै आएका एक कैदीको मृत्यु भएको छ ।

सुनसरीको धरान-८ घर भएका ३० वर्षीय सुवास लिम्बूको शनिवार उपचारको क्रममा कोशी अस्पतालमा मृत्यु भएको जेलर रामप्रसाद पोखरेलले जानकारी दिए ।

मृतक लिम्बूमा श्वासप्रश्वासमा समस्या भएपछि कारागार प्रशासनले अस्पताल लगेको थियो ।

लागूऔषध मुद्दामा पक्राउ परेका लिम्बूलाई मोरङ अदालतले ३ वर्ष कैद र १ लाख जरिवानाको फैसला सुनाएको थियो । लिम्बूलाई मोरङ प्रहरीले २०७४ चैत २३ गते पक्राउ गरेको थियो ।

salt training

कमेन्ट गर्नुहोस्