२६ जेठ २०८३, मंगलबार

राष्ट्रियता र हिन्दूराष्ट्र बचाउन अावश्यक परे ज्यान दिन्छुः रेखा थापा

कात्तिक २०, २०७४
राष्ट्रियता र हिन्दूराष्ट्र बचाउन अावश्यक परे ज्यान दिन्छुः रेखा थापा
काठमाडौं, १५ पुस–करिब महिना दिन अघि राप्रपामा प्रवेश गरेकी कलाकार रेखा थापाले आगामी चुनावमा राप्रपा पहिलो पार्टी बन्ने दावी गरेकी छिन् ।

भक्तपुरमा बिहीबार राप्रपाकाे कार्यक्रममा बाेल्दै रेखाले दोस्रो संविधान सभामा आफूलाई ठूला ठान्ने पार्टीहरुले राप्रपा नेपाललाई सानो कोपिलाको रुपमा लिने गरेको भएपनि चौथो शक्ति भएर देखाएको बताइन् । उनले प्रश्न गरिन्,‘ अव पार्टी एकीकरण भइसक्यो अव राप्रपा एक नम्बरमा आउन कुनै शंका छ ?’

नेपाली कम्युनिष्ट पार्टी प्रति लक्षित गर्दै नायिका थापाले विदेशी नेताको नाममा सपथ खाने नेपाली नेताले नेपालको हित नगर्ने बताइन् । ‘जुन दलले विदेशी सिद्धान्त बोकेको छ, जुन पार्टीका शीर्ष नेताले नेतालाई नायक मानेर सपथ खान्छन् नेपाली जनताको हितको लागि ति पार्टीका नेताले के हित गर्लान् ?’ उनले प्रश्न गरिन्,‘ कार्लमाक्स नेपाली हुन्, माओ नेपाली हुन्, के माओवाद माटो सुहाउँदो पार्टी होला ?’

राष्ट्रियता र हिन्दूराष्ट्र बचाउनका लागि प्रतिगामी भनिएपनि त्यसलाई स्विकार गर्न आफू तयार रहेको थापाले बताइन् । उनले देश आमा भएकाले आमालाई बचाउँन ज्यान दिन पनि तयार हुनुनपर्ने बताइन् ।

पूर्व विरेन्द्र राजालाई सम्झिदै थापा उनको योगदानको चर्चा गरिन् र देश एकिकरण कर्ता पृथ्वी नारायण शाहको जन्ती मनाउन पर्ने उनको भनाइ थियो ।

salt training

कमेन्ट गर्नुहोस्