०२ असार २०८३, मंगलबार

उपराष्ट्रपति पुन पाकिस्तानको स्वतन्त्रता दिवस समारोहमा

उपराष्ट्रपति पुन पाकिस्तानको स्वतन्त्रता दिवस समारोहमा

उपराष्ट्रपति नन्दबहादुर पुन पाकिस्तानको ७५औँ स्वतन्त्रता दिवसका अवसरमा आज साँझ  आयोजित स्वागत समारोहमा सहभागी भएका छन् । त्यस अवसरमा सङ्क्षिप्त मन्तव्य दिँदै उनले नेपाल र पाकिस्तानबीचको सघन सम्बन्धको स्मरण गरे । उपराष्ट्रपतिले नेपालको विकास प्रयासमा पाकिस्तानले गरेको सहयोगप्रति आभार व्यक्त गरे ।

यसै अवसरमा आज बिहान यहाँस्थित पाकिस्तानी दूतावासमा आयोजित कार्यक्रममा कार्यबाहक राजदूत अदनान जावेद खानले पाकिस्तानको राष्ट्रिय झण्डा फहराएर दूतावासमा कार्यरत सबैमा स्वतन्त्रता दिवसको  शुभकामना व्यक्त गरेका थिए । कार्यक्रममा राष्ट्रपति डा आरिफ आल्भी, प्रधानमन्त्री इमरान खान र विदेशमन्त्री शाह महमुद कुरेसीले स्वतन्त्रता दिवसका अवसरमा जारी गरेका शुभकामना सन्देश बाचन गरिएको थियो ।

salt training

कमेन्ट गर्नुहोस्