×

कार पार्किङ गरेर स्तनपान गराउँदा २८ हजार जरिवाना !

साउन ३१, २०७८

प्रतिकात्मक तस्वीर

नवजात बालबालिकालाई कहाँ कतिबेला भोक लाग्छ र स्तनपान गराउनुपर्छ कुनै यकिन हुँदैन । तर इंग्ल्यान्डमा अमांडा रग्गेरीले कार रोकेर स्तनपान गराउँदा २८ हजार रुपैयाँ जरिवाना तिर्नुपरेको छ ।

अमांडालाई गरिएको जरिवाना स्तनपानबापत होइन तर उनले अनाधिकृत ठाउँमा कार रोकेको आरोप छ । उनलाई १७० पाउन्ड जरिवाना गरिएको हो ।


Advertisment

कारमा यात्रा गर्दागर्दै बच्चा धेरै रोएपछि अमांडाले सोचिन्, भोक लाग्यो होला । उनले त्यही कार रोकेर स्तनपान गराउन थालिन् । कार रोकेको क्षेत्र सुनसान थियो, त्यसैले उनले निर्धक्क स्तनपान गराइन् ।


Advertisment

स्तनपान गराएपछि उनी घर पुगिन् । तर १ हप्तापछि उनको घरमा एउटा सूचना आयो, जसमा जरिवानाबारे उल्लेख गरिएको थियो ।

स्मार्ट पार्किङ लिमिटेडबाट आएको सूचनामा २१ मिनेट अवैध रूपमा कार पार्किङ गरिएकाले जरिवाना लाग्ने उल्लेख थियो । सो क्षेत्रमा लिमिटेडले नै कार पार्किङको प्रबन्ध मिलाउने गरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

नजिकैको पर्यटकीय स्थल माउसहोलको समुद्री तटमा १ रात बिताउँदा समेत यतिधेरै बिल नआउने भएपनि चर्काे जरिवाना गरिएको भन्दै आलोचना भइरहेको छ ।
 

कात्तिक १८, २०७८

कहिलेकाहीँ हाम्रो आँखा अचानक फर्फराउन थाल्छ । अनि हाम्रो देशमा आँखा फर्फराउनुलाई शुभ अशुभ फलसँग जोडेर हेर्ने गरिन्छ । दाहिने आँखा फर्फराउँदा शुभ हुने अनि देब्रे फर्फराउँदा अशुभ हुने विश्वास गरिन्छ । तर यो...

चैत १७, २०८०

चीनका झाङ जिलोङ नामका युवा सामान्य जीवन बिताइरहेका थिए । साधारण फ्ल्याटमा बस्थे । उनले भर्खरै स्नातक गरेका थिए। स्नातक गरेपछि घरपरिवारको ऋण चुक्ता गर्न बिस्तारै सहयोग गर्न सकियोस् भनेर जागिर गर्ने सोचमा थिए । ...

भदौ ७, २०८०

चुम्बनको सबैभन्दा पुरानो रेकर्ड चार हजार ५०० वर्ष पुरानो भएको अनुसन्धानकर्ताहरुले बताएका छन् । यसै साता ‘साइन्स’ पत्रिकामा प्रकाशित नयाँ अध्ययनले प्राचीनकालमासमेत यो व्यापक रहेको देखिएको बताएको छ...

भदौ ७, २०८०

काठमाडौं — पसलहरूतिर अनि गाडीमा पनि कागती र खुर्सानीलाई धागोमा उनेर झुण्ड्याएको देख्न पाइन्छ । खराब मान्छेको आँखा नलागोस् भन्नका लागि यसरी कागती झुण्ड्याउने गरेको बताइन्छ । हुन त यसलाई अन्धविश्वास भनेर...

जेठ ३०, २०८०

भारतको बिहारमा एउटा अनौठो बच्चा जन्मिएको छ । सोमवार बिहारको  छपरा शरको मुसल्लास्थित एक प्राइभेट क्लिनिकमा चार हात, चार खुट्टा र दुई मुटु भएको बच्चा जन्मिएको हो । भारतीय सञ्चार माध्यमका अनुसार तर, टाउक...

भदौ ७, २०८०

गर्मीमा लामखुट्टे वा मच्छडको प्रकोप बढी नै हुन्छ ।  झुलबाहिर बस्दा वा​ लिक्विड रिपेलेन्ट वा गनाउने धुप नराख्दा लामखुट्टेले टोकेर हैरान बनाउँछ । तर लामखुट्टेले कसैलाई बढी टोक्छ भने कसैलाई कम ।  ...

संसदीय छानबिन समितिले फर्काउला सहकारीप्रति नागरिकको खण्डित विश्वास ?

संसदीय छानबिन समितिले फर्काउला सहकारीप्रति नागरिकको खण्डित विश्वास ?

असार १२, २०८१

समाजवादको आधारभूत स्तम्भका रूपमा रहेको सहकारी अभियान यतिखेर संकटमा छ । जो कोहीले ‘सहकारी’ शब्द नै उच्चारण गर्न नसक्ने अवस्था बनेको छ । सहज वातावरण हुँदा सर्वसाधारण सहकारीबाट अ‍ैँचोपैँचो, सर...

समाज सुधारका १२ सूत्र

समाज सुधारका १२ सूत्र

असार ११, २०८१

समाजमा बसेपछि सबैसँग सद्भाव, मित्रता, सहनशीलता, क्षमायाचना, त्याग, शालीनता, भद्रता आदि कुराको आवश्यकता पर्दछ । हरेक मानिस र उसको पारिवारिक अवस्था फरक–फरक हुन्छ। सानातिना कुरामा विवाद गर्ने, निहुँ खोज्ने...

किन बनेन हाम्रो देश ?

किन बनेन हाम्रो देश ?

असार १०, २०८१

'नेपाल अर्थात् यो हाम्रो देश बनेन, अहँ अब बन्दैन' भन्नेहरू देशभित्र मात्र होइन, विदेशमा पनि पाइला–पाइलामा भेटिन्छन् । यसो भन्नेहरूमा देश र यहाँका जनताप्रति चिन्ता र चासो स्वाभाविक रूपमा भेटिन्छ । ...

x