०९ असार २०८३, मंगलबार

नेपाली रेल चलाउन भारतको ताकेता

साउन ३१, २०७८
नेपाली रेल चलाउन भारतको ताकेता

भारतबाट खरिद गरी ल्याइएको रेल लामो समयसम्म ट्र्याकमा त्रिपाल ओढाएर राखिएको बेला रेल चलाउन भारत सरकारले ताकेता गरेको छ ।

नेपाल र भारतबीच सञ्चालन हुने रेलका लागि नेपाल सरकारले भारतको कोनकन रेल्वेज कर्पोरेसनबीच भएको सम्झौताअनुसार रेल चलाउन नेपाल सरकारलाई तोकता गरेको हो ।

नेपाल र भारत सरकारबीच भएको सम्झौताअनुरुप नेपालमा रेल चलाउने जनशक्ति नभएकाले चेन्नइस्थित कोनकन रेलवेले कर्पोरेसनले रेल सञ्चालनको जिम्मा लिएको छ ।

रेल सञ्चालनको जिम्मा पाएको कर्पोरेसनले जनकपुरधाममा तालिम दिएका १ सय ८६ कर्मचारीलाई राखेर तलब खुवाउन नसक्ने भन्दै रेल सञ्चालन गर्न सरकारलाई तोकता गरेको खबर अन्नपूर्ण पोस्ट् दैनिकमा छ ।

salt training

कमेन्ट गर्नुहोस्