
नेकपा माओवादीका केन्द्रीय सदस्य दीपेन्द्र पुनले पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको प्रवृत्तिलाई ‘ओली प्रवृत्ति’ नभन्न आग्रह गरेका छन् ।
ओली प्रवृत्ति भन्दा त्यो समुदायलाई भड्काए जस्तो हुने उनको तर्क छ । माओवादी केन्द्रीय कमिटी बैठकमा समूहगत छलफलका क्रममा पुनले केपी प्रवृत्ति भन्न आग्रह गरेका हुन् ।
समूहगत छलफलमा पुनको भनाइबारे लुम्बिनी प्रदेश अध्यक्ष ओनसरी घर्तीले बैठकमा समूहका सुझाव सुनाउने क्रममा भनेकी थिइन् । हलबाट यस्तो सुझावलाई समर्थन भएको केन्द्रीय सदस्य निर्मल आचार्यले जानकारी दिए ।
बैठकलाई सम्बोधनका क्रममा माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले ओली प्रवृत्तिलाई सर्वसत्तावादको संज्ञा दिँदै प्रतिगमन पुनरागमन हुन सक्ने बताएका थिए ।