२५ जेठ २०८३, सोमबार

तालिबान आक्रामक रूपमा आएपछि काबुलबाट भागे स्थानीयहरू

साउन ३१, २०७८
तालिबान आक्रामक रूपमा आएपछि काबुलबाट भागे स्थानीयहरू

तालिबान लडाकूहरू अफगानिस्तानको राजधानी काबुलमा आइपुगेपछि स्थानीयहरू कार चढेर शहरबाट भाग्न थालेका छन् । 

बाहिर जाने कारहरूको संख्या अत्यधिक भएकाले सडक जाम भएर लामो लाइन लागेको छ । 

अहिले तालिबान शहरका द्वारहरूमा आइपुगेको छ । उसले लडाकूहरूलाई हिंसा नगर्न र बाहिर जान चाहनेलाई सुरक्षित रूपमा जान दिन भनेको छ । 

केही मानिस गाडी छोडेर विमानस्थलतर्फ पनि पैदलै हिँडिरहेको खबर रोयटर्स समाचार संस्थाले दिएको छ ।
 

salt training

कमेन्ट गर्नुहोस्