
अफगानिस्तानमा तालिबान लडाकूहरूले बागरामस्थित एयरबेस र कारागारमा कब्जा गरेको बताएका छन् ।
बागराम काबुलभन्दा ठ्याक्कै बाहिर छ ।
उक्त क्षेत्र अमेरिकाले तालिबान र अलकायदाविरुद्ध गरेको युद्धको केन्द्रमा थियो । तर एक महिनाअघि अमेरिकी सैनिकहरू उक्त क्षेत्रबाट अफगानहरूलाई खबरै नगरी रातबिरात भागेका थिए ।
अमेरिका नेतृत्वको गठबन्धन सुरक्षाबलहरू डिसेम्बर २००१ मा अफगानिस्तान आइपुगेका थिए । बागराममा १० हजार सैनिक राख्न मिल्ने गरी विशाल सैन्य अड्डा बनाइएको थियो ।
बागराममा एउटा कारागार छ । त्यहाँ ५ हजार तालिबान कैदीहरू राखिएको बताइन्छ । आफूहरूले कैदीलाई रिहा गरेको तालिबान स्रोतहरूले सञ्चारमाध्यमहरूलाई बताएका छन् ।
बागराम कारागारमा कैदीहरूलाई यातना दिइने गरिन्थ्यो । त्यो ग्वान्तानामो बे कारागार जत्तिकै कुख्यात थियो ।
अमेरिकीहरूले उक्त कारागार बनाएको भए पनि सन् २०१३ मा अफगानिस्तान सरकारको जिम्मा लगाएका थिए ।