२३ जेठ २०८३, शनिबार

२४.८८ अंकले घट्यो नेप्से परिसूचक, कारोबार रकम ऐतिहासिक उचाइमा

२४.८८ अंकले घट्यो नेप्से परिसूचक, कारोबार रकम ऐतिहासिक उचाइमा

मौद्रिक नीति पछिको पहिलो कारोबारको दिन आइतवार नेप्से सूचकमा उतारचढाव देखिएको छ।

आइतवार नेप्से परिसूचक दोहोरो अंकले घटेको छ । तर कारोबार रकम भने नयाँ रेकर्ड कायम भएको छ ।

मौद्रिक नीतिमा भएका कतिपय प्रावधानका कारण शेयर बजारमा नकारात्मक असर देखिएको लगानीकर्ताहरूले बताएका छन् ।

यस दिन नेप्से सूचक २४.८८ अंकले घटेर ३१५४.०३ विन्दुमा झरेको छ । यस्तै सेन्सेटिभ सूचक १.९० अंकले घटेर बन्द भएको छ।

आइतवार कुल २ सय २२ वटा कम्पनीको ३ करोड ५५ लाख ५० हजार ६८८ कित्ता शेयर २१ अर्ब ६४ करोड ७६ लाख ६५५ रुपैयाँ बराबरमा कारोबार भएको छ। जुन हालसम्मकै नयाँ रेकर्ड हो।

यस दिन उत्पादन तथा प्रशोधन उपसमूह र माइक्रोफाइनान्स उपसमूहको सूचक सबैभन्दा धेरै २ प्रतिशतले बढेको छ ।  लगानी उपसमूहको सूचक सामान्य बढेको छ भने अन्य १० उपसमूहको सूचक भने नकारात्मक देखिएका छन्।

आइतवार खानीखोला, जिवन विकास लघुवित्त र युनियन लाइफ इन्स्योरेन्सको शेयरमूल्य सबैभन्दा धेरै १० प्रतिशतले बढेको छ भने आइसिएफसि फाइनान्सको ९.५६ प्रतिशत र मिर्मिरे लघुवित्तको ८.९७ प्रतिशतले बढेको छ।

यता एनआइविल प्रगति फण्डको इकाइ मूल्य सबैभन्दा धेरै ८.५४ प्रतिशतले घटेको छ ।

आइतवार नेपाल बैंकको मात्रै १ अर्ब ५ करोड रुपैयाँ बराबरको शेयर कारोबार भएको छ  ।

 

salt training

कमेन्ट गर्नुहोस्