२१ जेठ २०८३, बिहीबार

अफगानिस्तान : अली अहमद जलालीलाई अशरफ गानीले सत्ता सुम्पिन सक्ने

साउन ३१, २०७८
अफगानिस्तान : अली अहमद जलालीलाई अशरफ गानीले सत्ता सुम्पिन सक्ने

अफगानिस्तानका पूर्व गृहमन्त्री अली अहमद जलालीले अफगानिस्तानको अन्तरिम सरकारको नेतृत्व गर्न सक्ने समाचारहरू विभिन्न सञ्चारमाध्यमले आइतवार दिएका छन् । 

बहालवाला राष्ट्रपति अशरफ गानीले उनलाई सत्ता हस्तान्तरण गर्न सक्ने बताइएको छ ।

तालिबान लडाकूहरू राजधानी काबुल प्रवेश गरेर अफगान सरकारसँग शान्तिपूर्ण सत्ता हस्तान्तरणका लागि कुराकानी गरिरहेका छन् । 

कूटनीतिक स्रोतहरूलाई उद्धृत गर्दै रोयटर्स समाचार संस्थाले जलालीलाई अन्तरिम अफगान सरकारको जिम्मेवारी दिन सकिने खबर दिएको छ । 

जलाली अमेरिकामा बस्ने प्राज्ञिक व्यक्तित्व हुन् र उनी जर्मनीका लासग अफगान राजदूत रहिसकेका छन् । 

काबुलमा जन्मेका जलाली सन् १९८७ देखि अमेरिकी नागरिक हुन् र मेरील्यान्डमा बस्छन् । सन् २००३ मा अफगानिस्तान फर्केका जलाली त्यतिखेरको संक्रमणकालीन सरकारमा गृहमन्त्री थिए । 

उनी सेनाका पूर्व कर्नेल हुन् । सोभियत संघले अफगानिस्तानमा अतिक्रमण गर्दा पाकिस्तानको पेशावरस्थित अफगान प्रतिकार मुख्यालयमा उनी सल्लाहकार थिए । 

salt training

कमेन्ट गर्नुहोस्