२७ असार २०८३, शनिबार

काबुललाई चारैतिरबाट घेरेको तालिबानको दाबी

साउन ३१, २०७८
काबुललाई चारैतिरबाट घेरेको तालिबानको दाबी

तालिबानले अफगानिस्तानको राजधानी काबुललाई चारैतिरबाट घेरेको दाबी गरेको छ ।

तालिबान लडाकूहरू देशका प्रमुख शहरहरूमा कब्जा गरिसकेपछि आइतवार काबुल शहर पुगेका हुन् । 

लडाकूहरूलाई उत्सव मनाउनका लागि गोली प्रहार गर्न नदिने एक तालिबान अधिकारीले बताए । अफगान सुरक्षाबलका सदस्यलाई घर फर्किन पनि दिने उनीहरूको भनाइ छ । 

विमानस्थल र अस्पतालहरूलाई काम गर्न दिने तथा आकस्मिक आपूर्तिका वस्तु नरोक्ने पनि ती अधिकारीले बताए । 

विदेशीहरूले चाहेमा शहर छोड्न सक्ने वा तालिबान प्रशासकहरूसमक्ष हाजिरी लगाउन सक्ने पनि बताइएको छ । 

अमेरिकाले आफ्नो दूतावासका कर्मचारीहरूलाई सुरक्षित स्थानमा लग्ने काम गरिरहेको छ । त्यसमा सहयोग गर्न ५ हजार सैनिकहरू काबुल पुगेका छन् । 

salt training

कमेन्ट गर्नुहोस्