
सिद्धार्थ शुक्ला र कियारा आडवाणीको चलचित्र ‘शेरशाह’ अहिले निकै चर्चामा छ । चलचित्रलाई धेरैले प्रशंसा गरेका छन् । तर, एक कलाकार छन् जसलाई यो चलचित्रमा काम गरेकोमा खुशी छैन ।
उनी हुन् सिद्धार्थको साथीको भूमिका निभाउने साहिल वैद । उनले चलचित्रमा काम गरेकोमा असन्तुष्टि व्यक्त गरे । साहिलले आफू सिद्धार्थको साथी होइन कि एक जवानको भूमिका गर्न चाहान्थे । उनले आफूले यो चलचित्रमा काम गरेकोमा पछुतो लागेको बताए ।
‘म धर्मा प्रोडक्सनलाई धन्यवाद दिन चाहान्छु ‘हम्पटी शर्माकी दुल्हनिया’, ‘बद्रिनाथकी दुल्हनिया’मा काम गर्ने मौका मिल्यो । ‘शेरशाह’ रिलिज भएको छ, सबैतिरबाट प्रतिक्रियाहरू आइरहेको छ । मानिसहरू चलचित्रको मात्रै कुरा गरिरहेका छन्, तर कोही पनि कलाकारको बारेमा कुरा गरिरहेका छैनन् । चलचित्रमा कतिपय कलाकारहरू राम्रा छन्, तर उनीहरूले आफ्नो इगोलाई छाड्दै सानो भूमिका निभाए, किनकि उनीहरू क्याप्टेन विक्रम बत्रालाई सम्मान दिन चाहन्थे, म पनि थिएँ । तर, अहिले महसुस भइरहेको छ कि यो चलचित्रमा काम नै नगर्नुपर्ने थियो । मैले जे गरेँ मानिसहरूले त्यसबारे कुरै गर्दैनन् ।’