२४ जेठ २०८३, आइतबार
संस्थापनतर्फ अष्टलक्ष्मी

अष्टलक्ष्मी शाक्य बाग्मती प्रदेशको मुख्यमन्त्री बन्दै, एमाले संसदीय दलको नेतामा चयन

भदौ २, २०७८
अष्टलक्ष्मी शाक्य बाग्मती प्रदेशको मुख्यमन्त्री बन्दै, एमाले संसदीय दलको नेतामा चयन
फाइल फोटो

नेकपा एमालेकी उपाध्यक्ष अष्टलक्ष्मी शाक्यले वरिष्ठ नेता माधव नेपालको साथ छाडेकी छन् ।

माधव नेपाल नयाँ पार्टी गठनको गृहकार्यमा लागेपछि नेतृ शाक्य एमाले संस्थापन पक्षतर्फ खुलेकी हुन् ।

एमालेले उनलाई बाग्मती प्रदेशको मुख्यमन्त्रीमा चयन गर्ने तयारी गरेको छ ।

त्यसका लागि आजै शाक्यलाई एमाले प्रदेश संसदीय दलको नेता चयन गरिएको सांसद अरुण नेपालले जानकारी दिए ।

मुख्यमन्त्री डोरमणि पौडेलले संसदीय दलको नेताबाट राजीनामा दिएर शाक्यलाई चयन गर्ने प्रस्ताव गरेका थिए ।

बाग्मती प्रदेशमा एमालेको एकल बहुमत छ। बहुमत प्राप्त दलको संसदीय दलको नेता स्वत: मुख्यमन्त्री बन्ने व्यवस्था छ ।

आजभोलिमै पौडेलले मुख्यमन्त्रीबाट राजीनामा दिएर शाक्यका लागि मार्ग प्रशस्त गरिदिने तयारी गरेका छन् । 

salt training

कमेन्ट गर्नुहोस्