०९ साउन २०८३, शनिबार
एमाले (समाजवादी) दर्ताको निवेदन

एमाले समाजवादीले चुनाव चिह्न प्रस्ताव गरेन, कलम चिह्न हुन सक्ने राजेन्द्र पाण्डेको संकेत

एमाले समाजवादीले चुनाव चिह्न प्रस्ताव गरेन, कलम चिह्न हुन सक्ने राजेन्द्र पाण्डेको संकेत

प्रमुख प्रतिपक्षी दल नेकपा एमाले औपचारिक रूपमा विभाजन भएको छ ।

माधव नेपाल पक्षले नेकपा एमाले (समाजवादी) दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दिएपछि एमाले विभाजनले औपचारिकता पाएको हो ।

नयाँ पार्टीको चुनाव चिह्न खुला किताब प्रस्ताव गरिएपनि दर्ता प्रक्रियामा नै रहेको अर्को दलसँग जुधेपछि त्यसलाई स्थगित गरिएको छ ।

अहिलेका लगि कुनै पनि चुनाव चिह्न प्रस्ताव नगरिएको नेता राजेन्द्र पाण्डेले जानकारी दिए ।

यसअघि नै कलम चिह्न लिएर दर्ता गरेको पार्टीसँग एकता पनि हुन सक्ने पाण्डेले बताए ।

माधव नेपालपक्षीय नेता जीवन राईले कलम चिह्न लिएर नेकपा एकीकृत नामको दल यसअघि नै आयोगमा दर्ता गराइसकेका छन् ।

salt training

कमेन्ट गर्नुहोस्