
जनता समाजवादी पार्टी (जसपा) नेपालले सरकारमा सम्मानजनक ढंगले सहभागिता जनाउने जनाएको छ ।
दुई दिनसम्म चलेको केन्द्रीय समितिको बैठकले यस्तो निर्णय गरेको हो ।
‘वर्तमान सरकारलाई समर्थन गर्दै लोकतन्त्र र राष्ट्रियताको संरक्षण तथा देशको समृद्धि र समग्र विकासमा योगदान दिन विद्यमान सरकारमा सम्मानजनक ढंगले सहभागी हुने प्रतिबद्धता यो बैठक पुनः व्यक्त गर्दछ,’ निर्णयमा भनिएको छ ।
यस्तै बैठकले रेशमलाल चौधरी र मधेश आन्दोलनमा सहभागीविरुद्ध लगाइएका मुद्दाहरूको खारेजी र ससम्मान रिहाइको पनि माग गरेको छ ।
बैठकले दार्चुलाका जयसिंह धामी महाकाली नदीमा बेपत्ता भएको घटनामा भारतसँग कूटनीतिक वार्ता गरेर घटनामा संलग्नलाई कानूनी कारवाही गर्दै पीडित परिवारलाई क्षतिपूर्ति दिलाउन पनि सरकारसँग माग गरेको छ ।
यी हुन् जसपा केन्द्रीय समितिका निर्णयहरू:



