१२ असार २०८३, शुक्रबार

कोरोना अपडेट : एकैदिन ४२ संक्रमितको मृत्यु

कोरोना अपडेट : एकैदिन ४२ संक्रमितको मृत्यु

पछिल्लो २४ घन्टामा तीन हजार ४०३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १६ हजार ८३८ नमूना परीक्षणमध्ये २ हजार ६१३ पीसीआर र ७९० जनामा एन्टिजेन पोजिटिभ देखिएको हो । 

यससँगै नेपालमा हालसम्म ८ लाख १७ हजार ५३० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । 

यस्तै पछिल्लो २४ घण्टामा ४२ जनाको मृत्यु भएसँगै कुल मृत्यु संख्या १० हजार ३९६ पुगेको छ । 

मन्त्रालयका अनुसार थप २ हजार १०४ जना संक्रमणमुक्त भएका छन् । यससँगै हालसम्म कोरोना संक्रमणमुक्त हुनेहरूको संख्या ६ लाख ८९ हजार १७३ पुगेको छ । 

हाल मुलुकभर ४० हजार ३३८ सक्रिय संक्रमित छन् ।

salt training

कमेन्ट गर्नुहोस्