२६ असार २०८३, शुक्रबार

एक वर्षमै ११% ले घट्यो बहुआयामिक गरिबीको रेखामुनी रहेको जनसंख्या

एक वर्षमै ११% ले घट्यो  बहुआयामिक गरिबीको रेखामुनी रहेको जनसंख्या

नेपालमा सन् २०१९ मा बहुआयामिक गरिबीको रेखामुनी रहेको जनसंख्या १७.४ प्रतिशत झरेको छ ।

राष्ट्रिय योजना आयोगले बुधबार सार्वजनिक गरेको बहुआयामिक गरिबी सूचक प्रतिवेदन २०१९ (मल्टिडाइमेनसनल पोभर्टी इन्डेक्स २०१९) अनुसार १७.४ प्रतिशत मानिस गरिबी रेखामुनी रहेको देखिएको हो ।

सन् २०१८ मा २८.६ प्रतिशत मानिस बहुआयामिक गरिबीको रेखामुनी रहेका थिए ।

आयोगको प्रतिवेदनअनुसार ग्रामीण भेगका २८ प्रतिशत जनसंख्या बहुआयामिक गरिबीको रेखामुनी छन् भने सहरी क्षेत्रमा १२.३ प्रतिशत जनसंख्या बहुआयामिक गरिबीको रेखामुनी छन् ।

यस्तो गरिबीको दर सबैभन्दा धेरै कर्णाली प्रदेशमा देखिएको ३९.५ प्रतिशत र सुदूरपश्चिम प्रदेशमा २५.५ प्रतिशत जनसंख्या बहुआयामिक गरिबीको रेखामुनी देखिएको छ ।

salt training

कमेन्ट गर्नुहोस्