३० असार २०८३, मंगलबार
एमाले विभाजन

माधव नेपालको नयाँ दल एमाले (समाजवादी) : एमाले छँदाका ५८ केन्द्रीय सदस्य र ३१ सांसद सामेल

माधव नेपालको नयाँ दल एमाले (समाजवादी) : एमाले छँदाका ५८ केन्द्रीय सदस्य र ३१ सांसद सामेल

माधव नेपाल नेतृत्वको नवगठित नेकपा एमाले (समाजवादी) पार्टीमा नेकपा एमालेका ३१ जना सांसद खुलेका छन् ।

प्रतिनिधि सभा र राष्ट्रिय सभाका गरी ३१ सांसद खुलेको नेता राजेन्द्र पाण्डेले दाबी गरे । प्रतिनिधि सभा र राष्ट्रिय सभामा गरी एमालेका १५५ सांसद छन् । 

माधव नेपाल पक्षले दाबी गरेअनुसार ३१ जना खुलेको भए दल विभाजनका लागि आवश्यक २० प्रतिशत संसदीय दलमा पनि पुग्ने देखिएको छ ।

कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन भन्दै नेपाल पक्षका २६ जनाले हस्ताक्षर गरेका थिए । 

साविकको नेकपा छँदा नेपालसँग ४० भन्दा बढी सांसद रहेकोमा अहिले सो संख्या ३० भन्दा तल झरेको थियो । 

नयाँ राजनीतिक दल दर्ताका लागि माधव पक्षले निवेदन दिनुअगावै एमाले संसदीय दलका नेता एवं अध्यक्ष केपी शर्मा ओलीले माधव नेपाल पक्षका १४ जना सांसदलाई कारवाही गर्न संसद् सचिवालयलाई पत्र पठाइसकेका छन् । 

माधव नेपाल पक्षले कारवाही नगर्न छुट्टै निवेदन दर्ता गराएको छ । तर उनीहरूमाथिको कारवाही के हुन्छ भन्ने यकिन छैन । 

बुधवार जारी भएको राजनीतिक दलसम्बन्धी अध्यादेशले दल विभाजनका लागि केन्द्रीय समिति वा संसदीय दलमा ४० प्रतिशत भए पुग्ने व्यवस्था गरिएको छ ।

एमाले केन्द्रीय समितिका २०३ मध्ये ५८ जना नेपालको पक्षमा खुलेका छन् ।

अध्यादेशमा महाधिवेशनबाट निर्वाचित केन्द्रीय सदस्यको २० प्रतिशत भनेकाले माधव नेपालको पक्षमा केन्द्रीय समितिमा सहजै २० प्रतिशत पुग्ने देखिएको छ । 

salt training

कमेन्ट गर्नुहोस्