
नेकपा एमालेका नेता सुर्य थापाले एमाले विभाजनकारीको सूचीबाट वरिष्ठ नेता झलनाथ खनालसहित कम्तिमा ५ नेताको नाम हट्ने दाबी गरेका छन् ।
एमाले विभाजन गरेर नेकपा एमाले (समाजवादी) पार्टी दर्ता गराएका नेताहरूको सूची ट्विटरमा राख्दै नेता थापाले झलनाथ खनाल, प्रदीप नेपाल, सुरेन्द्र मानन्धर, वसन्त मानन्धर र कृष्ण खनालको नाम हट्ने दाबी गरे ।
थापाले लेखेका छन्, इतिहासको अभिलेखमा विभाजनकारीहरूको नाम – कमरेडहरू झलनाथ खनाल, प्रदीप नेपाल, सुरेन्द्र मानन्धर, वसन्त मानन्धर, कृष्ण खनालसहित धेरै नेताको नाम यहाँबाट हट्दै जानेछ । प्रतीक्षा गरौं र अरू इमान्दार व्यक्तिले पनि कमरेड प्रदीपले झै घोषणा गर्नेछन् । आशा पनि गरौं ।’
सरकारले ल्याएको राजनीतिक दल सम्बन्धी ऐन संशोधन अध्यादेशमा टेकेर नेपाल पक्षले निर्वाचन आयोगमा नयाँ दल दर्ताका लागि बुधवार निवेदन दर्ता गराएको छ ।