०४ साउन २०८३, सोमबार

अध्यादेश देशका सबै पार्टीलाई फुटाउन ल्याइएको होः टोपबहादुर

अध्यादेश देशका सबै पार्टीलाई फुटाउन ल्याइएको होः टोपबहादुर

प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका नेता टोपबहादुर रायमाझीले सरकारले ल्याएको राजनीतिक दलसम्बन्धी विधेयक कम्युनिष्ट पार्टीसहित देशका सबै पार्टीलाई फुटाउनका लागि ल्याइएको दावी गरेका छन् ।

बुधबार संवाद डबलीमा आयोजित ‘कम्युनिष्टहरुबीचको ध्रुवीकरण आवश्यक्ता र चुनौति’ विषयक अन्तरक्रिया कार्यक्रममा उनले उनले यस्तो बताएका हुन् ।
उनले राजनीतिक दलका ठूला नेताहरु पार्टी विभाजन सम्बन्धि विधेयकको मतियार बनेको आरोप समेत लगाए ।

उनले भने, “अहिले हामीले देखिरहेका छौँ कि, अध्यादेश संसदमा वा पार्टीमा २० प्रतिशत केन्द्रीय समिति सदस्य भए सब पार्टी फुटाउन पाउने, यो त्यसैको निरन्तरता हो, देशका सबै पार्टी, कम्युनिष्ट पार्टीलाई फुटाउने, कम्युनिष्ट पार्टीलाई ध्वस्त पार्ने हाम्रो देशका राजनीतिक पार्टीका नेताहरु त्यसमा मतियार छन्, कम्युनिष्टहरुलाई ध्रुवीकरण गरेर जानुपर्दछ, कहाँ कमजोरी भए त्यस कुरामा छलफल गरेर जान सकिन्थ्यो ।”

नेता रायमाझीले नेपाली जनताको राजनीति गर्ने अधिकार नेपाली जनतामा हुन्छ कि, नेपालका जनप्रतिनिधिमा, संसदहरुमा हुन्छ कि सर्वोच्चमा हुन्छ भन्दै प्रश्न गरे । उनले प्रधानमन्त्री चुन्ने अधिकार संसदलाई दिनुपर्ने ठाउँमा सर्वोच्चले परमादेश जारी गरेर टीका लगाएर दिएको बताए ।

salt training

कमेन्ट गर्नुहोस्