
बलिउड नायिका शिल्पा शेट्टी कुन्द्रा निकै लामो समय रियालिटी टिभी शो सुपर डान्सरमा जजको रुपमा रहेकी थिइन् ।
पछिल्लो समय उनको पछि राज कुन्द्राको गिरफ्तारीपछि उनले शोबाट हराएकी थिइन् ।
उनको स्थानमा कोही नयाँ न कोही नयाँ गेस्ट जज हरेक हप्ता आइरहेका थिए ।
तर अब भने शिल्पा पुनः सुपर डान्सरको जज बनेर फर्कने भएकी छन् ।
शो को लागि उनले मंगलवार शुटिङ समेत गरिसकेकी छिन् ।
इन्डियन आइडलका विजेता पवनदीप राजका साथ उनी अबको एपिसोडमा देखिने भएकी छिन् ।