
नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं प्रतिनिधि सभाका सदस्य प्रदीप गिरी सिकिस्त बिरामी परेका छन् ।
स्वास्थ्यमा समस्या आएपछि उनलाई भारतको मुम्बईमा लगेर उपचार गराइएको छ ।
मुम्बईको हिन्दुजा अस्पतालमा डा. सुल्तान प्रधान नेतृत्वको चिकित्सकको टोलीले गिरीको उपचार गरिरहेको छ ।
नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले गिरीको स्वास्थ्य लाभको कामना गरेका छन् । ‘स्वास्थ्यमा जटिलताको कारण भारतको मुम्बईमा उपचाररत कांग्रेस नेता प्रदीप गिरीजीको शीघ्र स्वास्थ्य लाभको कामना गर्दछु । छिट्टै निको भएर सक्रिय हुनुहुनेछ । शुभकामना !’ पौडेलले भनेका छन् ।
गिरीलाई भेट्न कांग्रेस उपसभापति विमलेन्द्र निधिले मुम्बई जाने तयारी गरेका कांग्रेस स्रोतले बतायो । २०७४ सालको प्रतिनिधिसभा निर्वाचनमा सिरहाबाट निर्वाचित गिरी कांग्रेसको बौद्धिक नेताको रूपमा परिचित छन् ।