३० जेठ २०८३, शनिबार

मकवानपुरमा ३ जना फरार प्रतिवादी पक्राउ

भदौ ३, २०७८
मकवानपुरमा ३ जना फरार प्रतिवादी पक्राउ
प्रतिकात्मक तस्वीर

जिल्ला प्रहरी कार्यालय मकवानपुरले विभिन्न मुद्दामा कैद र जरिवाना भुक्तानी गर्न बाँकी ३ जना फरार प्रतिवादीलाई पक्राउ गरी जिल्ला अदालत पठाएको छ ।

पक्राउ पर्नेमा लागूऔषध खैरो हिरोइन मुद्दामा २ महिना ११ दिन कैद भुक्तान गर्न बाँकी हेटौंडा उपमहानगरपालिका–५ का २६ वर्षीय प्रदीपराज कार्की, चेक अनादर मुद्दामा १ महिना कैद र ३ हजार जरिवाना भुक्तान गर्न बाँकी सोही उपमहानगरपालिका–१० का ३४ वर्षीय सन्तोष साह र सवारी ज्यान मुद्दामा १ महिना कैद र २ हजार जरिवाना भुक्तान गर्न बाँकी हेटौंडा उपमहानगरपालिका–१२ का २७ वर्षीय उद्धव तिवारी छन् ।

salt training

कमेन्ट गर्नुहोस्