२२ जेठ २०८३, शुक्रबार

बनेपामा पनि डिशहोम फाइबर नेट सेवा

बनेपामा पनि डिशहोम फाइबर नेट सेवा

डिशहोम फाइबर नेट सेवा बनेपामा पनि विस्तार भएको छ । 

काठमाडौँ, भक्तपुर, ललितपुर, हेटौडा, इनरुवा, इटहरी, बर्दिवास, बुटवल, धरान, ढल्केबर, जनकपुर र विराटनगरमा यसअघि नै डिशहोम फाइबर नेटको सेवा पुगिसकेको छ ।

समग्र नेपालमा पुग्ने लक्ष्य सहित डिशहोम फाइबर नेट हाल बनेपामा पनि विस्तार गरिएको कम्पनीले जनाएको छ ।

छिटै नेपालका प्रमुख शहर पोखरा, नेपालगञ्ज, धनगढी, विर्तामोड, विरगंज लगायत अन्य स्थानमा पनि यो सेवा विस्तार हुने डिशहोमले जनाएको छ ।

डिशहोम फाइबर नेटका साथमा उत्कृष्ट इन्टरनेट कनेक्सनको अनुभवका साथ डिशहोम टीभीको निःशुल्क सदस्यता, आकर्षक छुटहरु, निःशुल्क डिशहोम गो एप र एक्सभीओडी जस्ता सुविधाहरु उपलब्ध रहेको डिशहोमले जनाएको छ ।

फाइबर नेटका योजनाहरु १० एमबीपीएस देखि १०० एमबीपीएससम्म उपलब्ध रहेको पनि डिशहोमले जनाएको छ ।
 

salt training

कमेन्ट गर्नुहोस्