१२ असार २०८३, शुक्रबार

हाउजे देशभरका शोरुममा एक्सचेञ्ज अफरः १५ हजारसम्मका छुट

हाउजे देशभरका शोरुममा  एक्सचेञ्ज अफरः १५ हजारसम्मका छुट

हाउजेका लागि नेपालको आधिकारिक बिक्रेता कृष्ण इन्टरनेशनल ट्रेडिङ कन्सर्नले देशभरका शोरुममा एक्सचेञ्ज अफर सार्वजनिक गरेको छ ।

भदौ २ गते शुरु एक्सचेञ्ज अफर १५ दिनसम्म चल्ने कृष्ण इन्टरनेशनलका सेल्स म्यानेजर रुक्सान खत्रीले जानकारी दिए ।
 
एक्सचेञ्ज गर्दा पुरानो बाइक तथा स्कुटरको मूल्यमा अतिरिक्त १५ हजार रुपैयाँ मुल्याङ्कन गरिने तथा नगदमा मोटरसाइकल खरिद गर्दा पनि १५ हजार रुपैयाँ छुट प्रदान गरिने खत्रीले जानकारी दिए । 

हाउजेको शोरुम काठमाडौं उपत्यकाको कमलपोखरी स्थित कृष्ण पाउरोटी, टेकु, नयाँबजार, चाबहिल र बनेपामा संचालनमा छन् । उपत्यका बाहिर चितवन, हेटौंडा, पोखरा, इलाम र संखुवासभामा अन्य शोरुम छ । हाउजेको एनके १५० सीसीको बाइक धेरैको रोजाइमा परेको बताउँदै खत्रीले एक्सचेञ्ज अफरले ग्राहक अझै बढी आकर्षित हुने विश्वास व्यक्त गरे । 

कम्पनीले नेपालका मुख्य शहरमा हाउजेको शोरुम, सर्भिस सेन्टर र पार्ट्ससहितका डिलरहरु विस्तार गरिरहेको छ । 

कमेन्ट गर्नुहोस्