०१ साउन २०८३, शुक्रबार

धरानमा बजाजको नयाँ शोरुम

धरानमा बजाजको नयाँ शोरुम

नेपालका लागि बजाज मोटरसाइकलको अधिकृत वितरक हंसराज हुलासचन्द एण्ड कम्पनी प्रा.लि.ले धरानमा पूर्ण सुविधा सम्पन्न नयाँ शोरुम “अब्र्रिन एण्ड ब्रदर्स अटो” को उद्घाटन गरेको छ ।

नेपालमा सबभैन्दा अधिक ब्रिक्री हुने र विश्वाशीलो अटोमोबाइल ब्राण्ड बजाजले अझ बढि सुविधा सम्पन्न बजाज सेल्स, सर्भिस र स्पेयर्स पार्टस देशभर उपलब्ध गराउने उद्देश्यले धरानमा पनि शोरुम संचालनमा ल्याएको छ ।

यस उद्देश्यलाई सार्थक बनाउन अब्र्रिन एण्ड ब्रदर्स अटोका प्रोपराइटर अब्र्रिन तामांग ज्यूलाई डिलरसीप प्रदान गरिएको छ । बजाज ग्राहकहरुले खरिद गरेको सामाग्रीको अधिकतम महत्व प्रदान गर्न सधैँ 
प्रतिबद्ध रहेको छ ।

नयाँ शोरुमले ग्राहकहरुलाई बाइकको स्पेयर्स पार्टस् तथा एसेसरिज खरिदका लागि सहज बनाउने छ । यसैको माध्यमबाट बजाजलाई आफ्नो बिक्रीलाई थप सशक्त बनाउन सहयोग पुग्नेछ ।

बजाजले देशभरका ग्राहकहरुलाई गुणस्तरीय र छिटो सुविधा पुर्याउने प्रयास गरिरहको छ ।

नयाँ शोरुम शुभारम्भ गर्दै गोल्छा ग्रुपका डिरेक्टर अभिमन्यु गोल्छाले भने, हामी धरानमा नयाँ शोरुम उद्घाटन गर्न पाउँदा निकै प्रसन्न छौं । हाम्रा ग्राहकहरु निरन्तर वृद्धि भइरहनु भएको छ र उहाँहरुलाई पूर्ण सन्तुष्टि र सुविधा प्रदान गर्नु हाम्रो जिम्मेवारी हो । धरानमा यो नयाँ शोरुम विस्तारसँगै, हामीले आशा गरेका छौँ कि यसले ग्राहकहरुको जीवन सहज बनाउनुका साथै उनीहरुले बजाज मोटरसाइकलको नयाँ अनुभव बटुल्ने अवसर प्राप्त गर्नेछन् ।

शोरुम उद्घाटनको अवसरमा अब्र्रिन एण्ड ब्रदर्स अटोले मोटरसाइकल किन्ने ग्राहकहरुका लागि आकर्षक उपहारको व्यवस्था पनि गरेको छ ।

salt training

कमेन्ट गर्नुहोस्