
पछिल्लो २४ घण्टामा थप ३ हजार ७५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सार्वजनिक गरेको विवरण अनुसार १६ हजार ४३८ जनामा परीक्षण गर्दा आरटी–पीसीआरबाट २ हजार ३२१ र एन्टिजेनबाट ७५४ जनामा संक्रमण पुष्टि भएको हो ।
पछिल्लो २४ घण्टामा २ हजार १२६ संक्रमित निको भएका मन्त्रालयले जनाएको छ । यससँगै निको हुनेको कूल संख्या ६ लाख ९१ हजार २९९ पुगेको छ ।
कोरोनाले थप ३३ जनाको मृत्यु भएको छ । यससँगै मृत्यु हुनेको कूल संख्या १० हजार ४२९ पुगेको मन्त्रालयले जनाएको छ ।
