२३ जेठ २०८३, शनिबार

कर्मचारीको कार्यसम्पादन मूल्याङ्कन : नापतौल तथा गुणस्तर विभागका महानिर्देशक पुडासैनी सर्वोत्कृष्ट

कर्मचारीको कार्यसम्पादन मूल्याङ्कन : नापतौल तथा गुणस्तर विभागका महानिर्देशक पुडासैनी सर्वोत्कृष्ट

कर्मचारीको वार्षिक आन्तरिक कार्य प्रगतिको मूल्याङ्कनमा गुणस्तर तथा नापतौल विभागका महानिर्देशक विश्ववावु पुडासैनी उत्कृष्ट भएका छन् ।

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले सार्वजनिक गरेको मूल्याङ्कनमा विभागका महानिर्देशक पुडासैनी उत्कृष्ट बनेका हुन् ।

मन्त्रालय अन्तर्गतका १५ सचिव, महानिर्देशक र सहसचिवको कार्यप्रगति रिपोर्टमा महानिर्देशक पुडासैनी उत्कृष्ट भएको मन्त्रालयले जनाएको छ ।

उनले गत आर्थिक वर्षमा कुल १५ वटा योजनाको जिम्मा लिएकोमा ७ वटा योजना सम्पन्न गरेर कुल १०० अंकमा ९२ प्राप्ताङ्क ल्याएका छन् ।

यस्तै उनले जिम्मा लिएका अन्य ७ वटा योजना सम्पन्न हुने क्रममा रहेको छ भने एउटा योजना शुरू हुन बाँकी छ ।

उनी पछि उद्योग विभागका महानिर्देशक जिवलाल भुषालले ८९.६ अंक ल्याउँदै मन्त्रालयको आन्तरिक मूल्याङ्कनमा दोस्रो भएका छन् ।

उनले गत आर्थिक वर्षमा २६ वटा योजनाको जिम्मा लिएकोमा २० वटा सम्पन्न भइसकेका छन् । ५ वटा सम्पन्न हुने क्रममा र एउटा योजना सुरु नै नभएको मन्त्रालयले बताएको छ ।

यस्तो छ सूची 

salt training

कमेन्ट गर्नुहोस्