फूटबल जगतका सुपरस्टार लियोनल मेसीले किशोर अवस्थादेखि खेल्दै आएको क्लब बार्सिलोनाबाट बिदा लिँदै गर्दा पत्रकार सम्मेलनमा रोएको सबैले देखेको हो ।
त्यसक्रममा उनलाई पत्नी एन्टोनेला रोक्कुज्जोले टिस्यु पेपर दिएकी थिइन् ।
मेसीले आँसु पुछ्नका लागि प्रयोग गरेको त्यही टिस्यु १० लाख डलरमा बिक्रीका लागि राखिएको छ । पत्रकार सम्मेलनमा सहभागी एकजनाले टिस्यु भुइँबाट उठाएको थियो । अहिले त्यसलाई अन्तर्राष्ट्रिय लिलामी साइट मेकेडुओमा राखिएको छ ।
टिस्युमा मेसीको जिन टाँसिएको र त्यसबाट उनको क्लोन बनाउन मिल्ने भएकाले महंगो मूल्य पर्ने बिक्रेताले बताए ।
बार्सिलोना छोडेपछि मेस्सी पेरिस सेन्ट जर्मेनसँग जोडिएका छन् ।