भोजपुर – नेपालकै पहिलो दलित महिला स्थानीय विकास अधिकारी (एलडीओ) सीता परियार भोजपुरमा सम्मानित भएकी छन् ।

नेपाल उत्पीडित जातीय मुक्ति समाज भोजपुरले आफ्नो २९औँ स्थापना दिवसका अवसरमा परियारलाई मङ्गलबार सम्मान गरेको हो । दलित समुदायको एक मात्र महिला स्थानीय विकास अधिकारी भएर दलितका लागि उदाहरणीय पात्र भएकाले कदरपत्र र दोसल्ला ओढाएर सम्मान गरिएको समाजले जनाएको छ ।
रुपकोट–२ कास्कीमा जन्मिएकी परियार भोजपुर जिल्लाको ३२आैं स्थानीय विकास अधिकारी र नेपालकै पहिलो दलित महिला स्थानीय विकास अधिकारीसमेत रहेकी छन् । उनले यसअघि दोलखा जिल्लाको स्थानीय विकास अधिकारीका रुपमा काम गरिसकेकी छिन् ।
फोटो स्रोत : सुनिल क्षत्रीको फेसबुक