२५ जेठ २०८३, सोमबार

एकताको सन्देश र कार्यकर्तालाई उत्साह दिन ओलीको पत्रकार सम्मेलन

एकताको सन्देश र कार्यकर्तालाई उत्साह दिन ओलीको पत्रकार सम्मेलन

माधव नेपालको साथ छाडेका नेताहरू आएपछि एकताको सन्देश दिन नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पत्रकार सम्मेलनको आयोजना गरेका छन् । 

पार्टी पदाधिकारीहरूलाई सँगै राखेर ललितपुरको तुल्सीलाल स्मृति प्रतिष्ठानको कार्यालयमा पत्रकार सम्मेलन आयोजना गरिएको छ । 

मंगलवार बसेको स्थायी कमिटीले जेठ २ पूर्वका कमिटीलाई पुनर्स्थापित गर्दै क्रियाशील गराउने निर्णय गरेको थियो । 

जेठ २ को अवस्थामा फर्किने सहमतिपछि माधव नेपालको साथ छाडेका भीम रावल, अष्टलक्ष्मी शाक्य, युवराज ज्ञवाली, घनश्याम भुसाल, गोकर्ण विष्ट, योगेश भट्टराई र सुरेन्द्र पाण्डेलगायत नेताहरू एमालेको बैठकमा सहभागी भएका थिए । 

मंगलवारको बैठकले एमालेको दशौं महाधिवेशन मंसिर १० देखि १२ सम्म काठमाडौंमा गर्ने निर्णय गरेको थियो । 

salt training

कमेन्ट गर्नुहोस्