०१ असार २०८३, सोमबार

बलात्कारको आरोपमा इन्जिनीयर पुर्पक्षका लागि कारागार चलान

भदौ ९, २०७८
बलात्कारको आरोपमा इन्जिनीयर पुर्पक्षका लागि कारागार चलान
प्रतिकात्मक तस्वीर

सप्तरीकी २४ वर्षीया महिलालाई बलात्कार गरेका आरोपमा एक इन्जिनीयर पुर्पक्षका लागि राजविराज कारागार चलान भएका छन् ।

अग्निसाइर कृष्णसवरण गाउँपालिका–१ का २५ वर्षीय राकेशकुमार चौधरीलाई पुर्पक्षका लागि मंगलवार कारागार पठाइएको जिल्ला अदालतका सूचना अधिकारी हेमबहादुर बुढाथोकीले बताए ।

पीडित महिलालाई २०७८ वैशाख २ गते चौधरीले बलात्कार गरेको जनाउँदै इलाका प्रहरी कार्यालय कञ्चनरूपमा गत साउन १४ गते उजुरी दर्ता भएको थियो ।

गाउँपालिकाकै महुली चोकमा भेट्न बोलाई अग्निसाइर कृष्णसवरण–१ सखुवा तीनमुखेस्थित जंगलमा लगेर पर्साको वीरगञ्ज महानगरपालिकाका इन्जिनीयर चौधरीले बलात्कार गरेको पीडितले आरोप लगाइन् ।

इलाका प्रहरी कार्यालय कञ्चनरूपले साउन १५ गते उजुरी दर्ता गरी सोही दिन आरोपितलाई पक्राउ गरेको थियो । आरोपितले बिदामा घर आउँदा भेट भएको जनाउँदै पीडितले आफूलाई लगाएको आरोप झूटो भएको जिकिर गरे ।

salt training

कमेन्ट गर्नुहोस्