
माधव नेपाल पक्षका नेता मेटमणि चौधरीले कम्युनिष्ट पार्टीबीच एकता हुने बताएका छन् ।
निर्वाचन आयोगमा सनाखतपछि सञ्चारकर्मीसँग प्रतिक्रिया दिँदै उनले माओवादी केन्द्र, जनमोर्चा, माओवादी (क्रान्तिकारी)लगायतका कम्युनिष्ट पार्टीहरूसँग एकता हुने बताएका हुन् ।
‘कम्युनिष्ट एकता हुन्छ, त्यो प्रक्रियामा छ,’ उनले भने, ‘नेकपा एकीकृत समाजवादी पार्टी सबैभन्दा ठूलो पार्टी हुने छ र यही पार्टी वरिपरि मुलुकको राजनीति अगाडि बढ्छ ।’
साथै उनले केपी ओली रहँदासम्म एमालेसँग कुनै सहमति र सहकार्य नहुने स्पष्ट पारे ।