![महन्थ नेतृत्वको नयाँ पार्टीमा क-कसले गरे सनाखत [सूचीसहित]](https://lktcdn2.prixacdn.net/media/mahantha_sanakhat_y3fVTiP0Up.jpg)
महन्थ ठाकुर नेतृत्वको प्रस्तावित लोकतान्त्रिक समाजवादी पार्टी नेपालका लागि १७ जना कार्यकारिणी सदस्य र १४ जना संघीय सांसदले सनाखत गरेका छन् ।
जनता समाजवादी पार्टीबाट छुट्टिएर महन्थ पक्षले नयाँ दल दर्ताका लागि निवेदन दिएको थियो । त्यसैको सनाखतका लागि निर्वाचन आयोगले आज बोलाएको थियो ।
जसपामा ५१ कार्यकारिणी सदस्य थिए । त्यसको ३३ प्रतिशत र ३७ संघीय सांसद रहेकोमा ३७.८४ प्रतिशत सांसदले महन्थको पक्षमा आयोगमा सनाखत गरेका हुन् ।
राजनीतिक दलसम्बन्धी अध्यादेशअनुसार केन्द्रीय कमिटी वा संघीय संसदमा २० प्रतिशतले दल फुटाउन मिल्ने प्रावधान राखिएको छ ।



