बेलायतका प्रधानमन्त्री बोरिस जोनसनले जी७ का तर्फबाट ताबिानलाई मंगलवार करोडौं रुपैयाँ दिने घोषणा गरेका छन् ।
तर त्यो रकम पाउनका लागि तालिबानले केही शर्त पूरा गर्नुपर्नेछ ।
जी७ को आकस्मिक भर्चुअल बैठकको नेतृत्व गर्दै जोनसनले तालिबान नेताहरूको रोक्का गरिएको रकम खोल्नका लागि बालिका शिक्षालाई अनुमति दिनुपर्ने, देशमा आतंकवादी गतिविधि गर्न दिन नहुने र हेरोइनको व्यापार रोक्नुपर्ने शर्त राखेका छन् ।
अगस्ट महिनाको अन्त्यसम्ममा पश्चिमी सैनिकहरू देशबाट हट्ने म्याद रहेको भए पनि त्यसपछि निस्कन चाहनेको पनि सुरक्षित यात्रा जी७ को प्राथमिक शर्त रहेको उनले बताए ।
अफगानिस्तानलाई कति रकम दिने र त्यो रकम केमा खर्च गरिने भन्नेमा टिप्पणी गर्नु हतारो हुने बताए । तर जी७का नेताहरूले जारी गरेको बयानमा मानवीय सहायताका लागि यो रकम लगानी गरिने बताए ।
इन्टरनेसनल मोनेटरी फन्डले आकस्मिक सञ्चितिमा राखेको ३३ करोड पाउन्ड रकममा अफगानिस्तानको पहुँचलाई रोकेको खबर केही दिनअघि आएको थियो ।
तर पश्चिमले महिला स्वतन्त्रताका लागि माग राखेको भए पनि तालिबानका एक प्रवक्ताले कामकाजी महिलाहरूलाई आफ्नो सुरक्षाका लागि अहिले घरैमा बस्न भनेका छन् ।