१६ असार २०८३, मंगलबार

माधव नेपालको नयाँ पार्टी दर्ताबारे निर्णय गर्न निर्वाचन आयोगका आयुक्त रातिसम्म कार्यालयमै

माधव नेपालको नयाँ पार्टी दर्ताबारे निर्णय गर्न निर्वाचन आयोगका आयुक्त रातिसम्म कार्यालयमै
फाइल फोटो

नयाँ दल दर्ताका लागि निवेदन दिएका नेकपा एकीकृत समाजवादी र लोकतान्त्रिक समाजवादी दलको सनाखत गरेको निर्वाचन आयोगका आयुक्तहरू बुधवार रातिसम्म कार्यालयमै रहेका छन् ।

आयुक्तहरू कार्यालयमै रहेर राति पौने ८ बजेसम्म पनि छलफल नै चलिरहेको आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले जानकारी दिए ।

प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियासहित आयुक्तहरू सनाखत भइसकेका दल दर्ताका निवेदनमाथि छलफल गरिरहेका छन् ।

बुधवार दिउँसो दुवै दलका तर्फबाट सांसद र केन्द्रीय कमिटीमा रहेका सदस्यहरूको सनाखत गरिएको थियो । 

नेकपा एमालेबाट विभाजित भई अध्यक्ष माधवकुमार नेपालको नेतृत्वमा एकीकृत समाजवादी र जसपाबाट विभाजित भई अध्यक्ष महन्थ ठाकुरको नेतृत्वको लोकतान्त्रिक समाजवादी दर्ताका लागि निवेदन परेको छ ।

salt training

कमेन्ट गर्नुहोस्