०३ साउन २०८३, आइतबार
आयोगको निर्णय

औपचारिक रूपमै फुट्यो एमाले, माधव नेपालको पार्टीले पायो दलको मान्यता

औपचारिक रूपमै फुट्यो एमाले, माधव नेपालको पार्टीले पायो दलको मान्यता

प्रतिनिधि सभाको सबैभन्दा ठूलो दल नेकपा एमाले औपचारिक रूपमै विभाजन भएको छ । माधव नेपालको नेतृत्वमा एमालेका ५५ केन्द्रीय सदस्यले नेकपा एकीकृत समाजवादी नामको पार्टी दर्ता गरेका हुन् । नेकपा एकीकृत समाजवादी पार्टीलाई बुधवार निर्वाचन आयोगले नयाँ दलको रूपमा आधिकारिकता दिने निर्णय गरेको हो । आयोगको निर्णयसँगै नयाँ पार्टीले  प्रमाणपत्र पनि पाएको छ ।

एमालेबाट अलग भएर माधव नेपाल पक्षले भदौ २ गते दल दर्ताको निवेदन दिएको थियो । बुधवार भएको सनाखतपछि आयोगले माधव नेपालको पार्टीलाई आधिकारिकता दिने निर्णय गरेको हो।  
आयोगले माधव नेपाललाई आधिकारिकता दिएसँगै नेकपा एमाले कानूनीरूपमा पनि फुटेको छ ।

नयाँ दलले मान्यता पाएसँगै माधव नेपालको पार्टीले संसद्मा पनि संसदीय दल गठनको अवसर पाउने छ ।
नेकपा एकीकृत समाजवादीको पक्षमा साविकको एमाले केन्द्रीय कमिटीका ५५ सदस्य र संघीय संसदका ३० सांसदले हस्ताक्षर सनाखत गराएका छन् ।

३० बाहेक अन्य चार सांसदले पनि माधव नेपालको पक्षमा लाग्ने जनाउ दिएका छन् । तर दल दर्ताको निवेदनमा उनीहरूको हस्ताक्षर नभएका कारण आयोगले बुधवार सनाखत गर्न अस्वीकार गरेको हो ।
उनीहरू नयाँ पार्टीमा लाग्न पाउने या एमालेकै सांसद रहने भन्नेमा अन्योल कायमै छ ।

salt training

कमेन्ट गर्नुहोस्