×

NMB BANK
NIC ASIA

धानको बीउ उत्पादनमा कृषि ज्ञान केन्द्र

भदौ १०, २०७८

NTC
Premier Steels

नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरमा धानको बीउमा आत्मनिर्भर हुन र गुणस्तरीय बीउ तयार गर्न बीउ उत्पादन कार्यक्रम सञ्चालन गरिएको छ ।

Muktinath Bank

कृषि ज्ञान केन्द्र पूर्वी नवलपरासी र किसान मिलेर यहाँका दुई स्थानीय तहमा धानको बीउ उत्पादन गर्न खेती गरिएको छ । विनयी त्रिवेणी गाउँपालिकाको वडा नं २ र ४ तथा गैँडाकोट नगरपालिकाका वडा नं ११ र १२ मा यो कार्यक्रम सञ्चालन गरिएको हो । कृषि ज्ञान केन्द्रको ५० प्रतिशत अनुदानमा रामधान, वार र सावा मन्सुली जातको धानखेती गरिएको छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

दुई कृषक समूह र एक व्यक्तिले गरी १२ बिघा क्षेत्रफलमा अहिले धानको बीउ उत्पादन गर्न खेती गरिएको छ ।


Advertisment
Nabil box
Kumari

बीउ राम्रो र गुणस्तर भएमा उत्पादन पनि राम्रो हुने भएकाले बीउ उत्पादनलाई ज्ञान केन्द्रले प्राथमिकतामा राखेको कृषि ज्ञान केन्द्रका प्रमुख गोपाल लामिछानेले बताए । गण्डकी प्रदेशको सबैभन्दा बढी धान खेती हुने जिल्ला पूर्वी नवलपरासी भएकाले  यस जिल्लालाई धानमा आत्मनिर्भर गराउँदै अन्यत्र निर्यात समेत गर्ने लक्ष्यका साथ यो कार्यक्रम सुरु गरिएको लामिछानेले बताए ।

Vianet communication

किसानले सूचीकृत नभएका बीउ र भारतबाट  चोरीछिपी ल्याइएको बीउ प्रयोग गर्दा धान उत्पादन नहुने, विभिन्न समस्या देखिँदा किसानले नोक्सान बेहोर्नुपर्ने तथा उत्पादनमा ह्रास आउने भएकाले गुणस्तरीय बीउ उत्पादनमा जोड दिन यो कार्यक्रम गरिएको लामिछानेले जानकारी दिए। आफ्नै ठाउँमा बीउ उत्पादन गरेर आत्मनिर्भर बन्न सकिन्छ भन्ने सन्देश दिन पनि यो कार्यक्रम गरिएको उनको भनाइ छ ।

    दुम्किवासमा धानखेती गरेका किसान खड्कबहादुर कमालले ज्ञान केन्द्रसँग समन्वय गरेर पहिलोपटक  बीउका लागि धानखेती  गरिएको बताए । उत्पादन भएपछि बजारको अवस्था राम्रो भएमा यस कार्यलाई निरन्तरता दिइने उहाँले जानकारी दिए । जिल्लामा अन्य विभिन्न  सङ्घसंस्था र सहकारी संस्थाले पनि बीउ उत्पादन गर्ने काम गरिरहेका छन् । कृषि ज्ञान केन्द्रको प्रत्यक्ष लगानीमा यस वर्ष दुई स्थानीय तहमा खेती गरिएको हो । कार्यक्रम सफल भए विस्तार गरिँदै लगिने जनाइएको छ ।

    उत्पादन भएको बीउको बजारीकरणका लागि पनि ज्ञान केन्द्रले जिल्लाकै देवचुलीस्थित लालीमा कृषि सहकारी संस्थासँग समन्वय गरेको छ । बाहिरी जिल्लामा समेत समन्वय गरिएको कृषि ज्ञान केन्द्रका बाली विकास अधिकृत मीरा चौधरीले जानकारी दिए।

    यसैबीच बीउका लागि लगाइएको धानमा रोग किरा देखिएको गुनासो किसानले गरेपछि कृषि ज्ञान केन्द्रले अनुगमनसमेत गरेको छ । अनुगमनका क्रममा धानमा  गबारो, हिस्वा, ब्याक्टेरिया, ढुसीजन्य रोग देखिएको वरिष्ठ बाली संरक्षण अधिकृत पर्शुराम अधिकारीले जानकारी दिए। कहीँकतै खाद्यतत्वको कमीले पनि पात पहेँलो हुने, सुक्ने गरेको उनले जानकारी दिए। आत्तिइहाल्नुपर्ने अवस्था भने नरहेको उनले बताए ।

    अनुगमनका क्रममा बीउको धानमा बेजात देखिएपछि तुरुन्तै उखालेर फालिएको थियो । आफूले लगाएको धानभन्दा फरक प्रकृतिको धान देखिएमा त्यसलाई तुरुन्तै फाल्नुपर्ने बाली विकास अधिकृत चौधरीले बताए । बेजातले बीउको गुणस्तरमा असर गर्ने उनले बताए । दयाराम आचार्य,रासस

hAMROPATRO BELOW NEWS
TATA Below
फागुन २९, २०८०

एक वर्षको बीचमा भएको १३८ किलो सुन तस्करीका नाइके जीवनकुमार गुरुङ हाल अर्थ मन्त्रालय मातहत रहेको भन्सार विभागको हिरासतमा छन् । लामो समय फरार रहेका गुरुङलाई यही फागुन १४ गते काठमाडौंको सामाखुशी क्षेत्रबाट ...

मंसिर ४, २०८०

कर्मचारीलाई तलब खुवाउन समेत नसक्ने अवस्थाबाट गुज्रेको नेपाल वायु सेवा निगम (एनएसी)ले आर्थिक अवस्था सुधारेर अन्तर्राष्ट्रिय उडानका लागि विमान खरिद गर्दा लिएको ऋणको किस्ता तिर्न शुरू गरेको छ । लामो समय घाटामा रहे...

बैशाख ३, २०८१

नेपाल विद्युत् प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङले विश्व बैंकको लगानी रहेको ढल्केबर सबस्टेसन निर्माणका क्रममा आफ्नो स्वार्थ जोडिएको कम्पनीलाई कानूनविपरीत ठेक्का दिएको पाइएको छ । करिब ४ करोड बराबरको...

बैशाख १६, २०८१

महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री भगवती चौधरीले ढुक्क भएर लगानी गर्न आग्रह गरेकी छिन् । आजदेखि शुरू भएको लगानी सम्मेलन २०२४ का अवसरमा सञ्चारकर्मीसँग कुराकानी गर्दै उनले यस्तो बताएकी हुन् । ...

बैशाख १८, २०८१

प्रत्येक वर्ष वैशाख शुक्ल पूर्णिमा दिन मनाइँने बुद्धजयन्ती एवं लुम्बिनी दिवसको तयारी शुरू भएको छ । संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्रालयअन्तर्गत रहेको लुम्बिनी विकास कोषले बुद्धजयन्ती एवं लुम्बिनी दिवसका रुपमा...

बैशाख २०, २०८१

काठमाडौंको चण्डोल घर भएका कामोद ढुंगाना २०८० असार ३१ गते वुलिङ एयरको विद्युतीय गाडी (ईभी) किन्न नयाँ बानेश्वरस्थित बज्र ग्रुपको इभी-नेपाल मोटर्स प्रालि पुगेका थिए । अंकित मूल्य (एमआरपी) ३० लाख ९९ हजार रुप...

प्रकृतिको गीत

प्रकृतिको गीत

जेठ ५, २०८१

सृष्टिमा हरेक चीजको एउटा अति हुन्छ, जसलाई हामी सीमा भन्ने गर्छौँ, जलाई उसले आउँदा सँगै लिएर आएको हुन्छ र जेजति गर्छ यसैभित्रै रहेर गर्छ । अति पार गर्नासाथ उसको अस्तित्व पनि समाप्त हुन पुग्छ । अति पार गरेपछि नदी...

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

जेठ २, २०८१

नेपाली कम्युनिस्ट आन्दोलन कतिपटक विभाजन भयो ? पुनः एकता, मोर्चा गठन, विघटनलाई हेर्दा यसको जोडघटाउको लामै शृङ्खला बन्छ । र, त्यसमा मूलधारको राजनीतिबाट विभाजित कम्युनिस्ट पार्टी अर्थात् वामपन्थी पार्टीहरूको विसर्...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

x