×

NMB BANK
NIC ASIA

प्रदेश १ मा मुख्यमन्त्री फेरबदलको तयारी

मुख्यमन्त्री बन्ने भएपछि माधव नेपाल पक्षका सांसद फकाउँदै भीम आचार्य

भदौ १०, २०७८

NTC
Premier Steels

प्रदेश नम्बर १ को मुख्यमन्त्री बन्ने तयारीमा रहेका भीम आचार्य माधव नेपाल पक्षका सांसदहरूलाई फकाउन लागि परेका छन् ।

Muktinath Bank

नेपालको साथ छाडेर एमालेमै बसेका आचार्यले नवगठित नेकपा (एकीकृत समाजवादी)को पक्षमा खुल्न सक्ने सांसदहरूलाई एमालेमै राख्न प्रयास गरिरहेका हुन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

एमालेले आजै आचार्यलाई संसदीय दलको नेता चयन गरेर मुख्यमन्त्री बनाउने तयारी गरेको छ ।


Advertisment
Nabil box
Kumari

प्रदेश १ मा बहुमतका लागि ४६ सांसद आवश्यक पर्छ । एमाले एक्लैको ५१ सांसद भए पनि एक सभामुख र एक निलम्बित सांसदको मत घटाउँदा ४९ मत छ ।

Vianet communication

यस्तो अवस्थामा ३ भन्दा बढी सांसदले एकीकृत समाजवादी रोजेमा एमालेको एकल बहुमत गुम्ने छ ।

हालसम्म एमालेका ८ सांसद एकीकृत समाजवादीको पक्षमा देखिएका छन् ।

राजेन्द्रकुमार राई, राजन राई, सुनिताकुमारी चौधरी, सरिता थापा, कृष्णकुमारी राई, गणेशकुमार काम्बाङ्ग, होमकुमारी साँवा र उपेन्द्रप्रसाद घिमिरे एकीकृत समाजवादीमा लाग्ने तयारीमा छन् ।

नयाँ दल रोज्नका लागि २१ दिनको समय छ ।

आफू मुख्यमन्त्री बन्दा बहुमत गुम्नसक्ने डरले आचार्यले केहीलाई फोन गरेर त केहीलाई भेटेर फकाउन प्रयास गरिरहेको स्रोतको दाबी छ ।

‘मलाई अहिलेसम्म त सहयोग गरिरहनुभएको छ, थप एकपटक सहयोगको आशा राखेकको छु भन्दै भीम कमरेडले फोन गर्नुभएको थियो,’ एकीकृत समाजवादी पक्षका एक सांसदले लोकान्तरसँग भने ।

उनका अनुसार आचार्यले एमालेमै बसेमा मन्त्री बनाउने आश्वासन पनि दिएका छन् ।

यता एकीकृत समाजवादीको पक्षमा खुलिसकेका सांसद राजेन्द्र राई आफ्नै पार्टीमा आए पनि अब आचार्यलाई मुख्यमन्त्री मान्न नसकिने बताउँछन् ।

‘उहाँ हामीसँग आएपनि मुख्यमन्त्री दिन सकिँदैन,’ समाजवादीका केन्द्रीय सदस्य समेत रहेका राईले लोकान्तरसँग भने, ‘आज मुख्यमन्त्री बने पनि एक महिनाभित्रै निवर्तमान भइसक्नुहुन्छ ।’

मुख्यमन्त्रीको दाबेदार समेत मानिएका राईले एक साताभित्रै आफूपक्षीय सांसदहरूले निर्वाचन आयोग पुगेर नयाँ दलको पक्षमा सनाखत गर्ने बताए ।

माथि उल्लेखित ८ बाहेक अन्य ६ सांसद पनि तटस्थ रहेको बताइएको छ ।

सांसदहरू सावित्रीकुमारी रेग्मी, लिलाबल्लभ अधिकारी, यशोदा अधिकारी, बलबहादुर साम्सोहाङ, जीवन घिमिरे र पदमकुमारी गुरुङ पहिले माधव नेपाल पक्षमा रहेपनि हाल तटस्थ छन् ।

यसमध्ये रेग्मी भने एकीकृत समाजवादीका केन्द्रीय सदस्य महेश रेग्मीकी पत्नी भएकाले उनी नयाँ पार्टीतर्फ नै लाग्न सक्ने अनुमान गरिएको छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १८, २०८०

गएराति गएको भूकम्पले सबैभन्दा बढी जाजरकोटको नलगाड क्षेत्रमा क्षति गरेको छ । नलगाड नगरपालिकामा मात्रै तीन दर्जन बढीको ज्यान गएको जिल्ला प्रशासन कार्यालय जाजरकोटले जनाएको छ । अझै यकिन विवरण आउन बाँकी छ ।  ...

कात्तिक २१, २०८०

गत शुक्रबार राति गएको भूकम्पले जाजरकोट र रुकुम पश्चिम तहसनहस बनेका छन् । बाक्लो बस्ती रहेका बस्ती भूकम्पले उजाड बनेका छन् । प्रभावित क्षेत्रमा सन्नाटा छाएको छ ।  बाँचेकाहरू शोक र पीडामा छन् ।  ...

कात्तिक १८, २०८०

भूकम्पमा परेर रुकुम पश्चिमबाट उद्धार गरी काठमाडौं ल्याइएकी ६३ वर्षीया वृद्धा बली बुढाथोकीले आफूले नसोचेको घटना भोग्नु परेको बताएकी छिन् । उपचारका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा ल्याइएकी बुढाथोकीले आफू ...

कात्तिक १८, २०८०

जाजरकोटको रामीडाँडालाई केन्द्रबिन्दु बनाएर गएराति गएको ६.४ म्याग्निच्यूडको भूकम्पका कारण धनजनको ठूलो क्षति भएको छ । नेपाल प्रहरीले दिएको तथ्यांकअनुसार १२९ जनाको मृत्यु भइसकेको छ भने १४० जना घाइते छन् ।...

कात्तिक २०, २०८०

शुक्रवार मध्यरातिको भूकम्पमा परेर मृत्यु भएकी जाजरकोट भेरी नगरपालिकाकी ८ वर्षीया विष्णु तिरुवाको दाहसंस्कारका लागि आफन्त र गाउँलेहरू सोमवार भेरी नदी घाटमा पुगेका थिए ।​​ सोमवार अपरान्ह उनको शव लिएर मलामी...

माघ १८, २०८०

​सरकारी जग्गा हिनामिना प्रकरणमा डलर अर्बपति एवं कांग्रेस सांसद विनोद चौधरी पनि तानिएका छन् । बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हडपेको आरोपमा भाइ अरुण चौधरी पक्राउ परेलगत्तै विनोद चौधरीले समेत संल...

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

जेठ २, २०८१

नेपाली कम्युनिस्ट आन्दोलन कतिपटक विभाजन भयो ? पुनः एकता, मोर्चा गठन, विघटनलाई हेर्दा यसको जोडघटाउको लामै शृङ्खला बन्छ । र, त्यसमा मूलधारको राजनीतिबाट विभाजित कम्युनिस्ट पार्टी अर्थात् वामपन्थी पार्टीहरूको विसर्...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

x