३२ असार २०८३, बिहीबार
एमाले विभाजनको असर

भीम आचार्य बने एमाले संसदीय दलको नेता, राजीनामा दिन मुख्यमन्त्री राई प्रदेश प्रमुखको कार्यालयतिर

भीम आचार्य बने एमाले संसदीय दलको नेता, राजीनामा दिन मुख्यमन्त्री राई प्रदेश प्रमुखको कार्यालयतिर

एमाले सचिव भीम आचार्य प्रदेश १ को प्रदेश सभामा पार्टी संसदीय दलको नेता चयन भएका छन् ।

बिहीवार बसेको बैठकले आचार्यलाई संसदीय दलको नेता चयन गरेको हो । उनी आजै मुख्यमन्त्री बन्ने तयारीमा छन् ।

आचार्यलाई संसदीय दलको नेता चयन गरेर मुख्यमन्त्री शेरधन राई राजीनामा बुझाउन प्रदेश प्रमुखको कार्यालयतिर लागेका छन् ।

एमाले विभाजन भएसँगै प्रदेश १ मा मुख्यमन्त्री परिवर्तन हुन लागेको हो । 

विभाजन अघिको अवस्थामा प्रदेश १ मा एमालेसँग एकल बहुमत छ । नवगठित नेकपा एकीकृत समाजवादीको पक्षमा लाग्ने सांसदहरूलाई दल रोज्न २१ दिनको समय छ ।

बहुमत गुम्ने गरी सांसदहरू नयाँ दलमा लाग्नु अगावै एकल बहुमतको मुख्यमन्त्रीका रूपमा आचार्यलाई शपथ खुवाउने तयारी भएको हो ।

salt training

कमेन्ट गर्नुहोस्