२६ जेठ २०८३, मंगलबार

माधव नेपालको पार्टीले आज आफ्नो योजना सार्वजनिक गर्ने

माधव नेपालको पार्टीले आज आफ्नो योजना सार्वजनिक गर्ने
फाइल फोटो

अध्यक्ष माधवकुमार नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) पार्टीले आज आफ्नो भावी योजना र कार्यक्रम सार्वजनिक गर्ने भएको छ ।

दिउँसो २ बजे नयाँबानेश्वरको क्वालिटी पार्टी प्यालेसमा पत्रकार सम्मेलनको आयोजना गरी योजना सार्वजनिक गर्न लागिएको नेता नेपालले जानकारी दिए ।

एमालेबाट अलग भई नेकपा (एकीकृत समाजवादी) पार्टी गठन गरेका माधव नेपाल समूहले बुधवार निर्वाचन आयोगबाट दलको औपचारिकता पाएको थियो । एकीकृत समाजवादी पार्टीले प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारमा सहभागी हुने तयारी गरेको छ ।

पार्टीले संसदमा छुट्टै संसदीय दलको मान्यता पाउनको लागि संसद सचिवालयलाई आग्रह गर्ने भएको छ ।

salt training

कमेन्ट गर्नुहोस्