१९ असार २०८३, शुक्रबार

नर्भिकमा सहुलियत दरमा ज्वाइन्ट रिप्लेसमेन्ट सर्जरी, शनिवारबाट शुरू हुने

नर्भिकमा सहुलियत दरमा ज्वाइन्ट रिप्लेसमेन्ट सर्जरी, शनिवारबाट शुरू हुने

नर्भिक इन्टरनेशनल हस्पिटलको निःशुल्क ओपिडी अभियानअन्तरगत आउने शनिवार वरिष्ठ अर्थोपेडिक सर्जन डा. ऋषि बिष्ट र अर्थोपेडिक्स तथा ट्रमा सर्जन डा. कुलदीप मंगल जोशी नेतृत्वको टिमले सेवा दिने भएको छ । 

नर्भिकमा कार्यरत वरिष्ठ अर्थोपेडिक सर्जन डा. बिष्ट र ट्रमा सर्जन डा. जोशीले फ्री ओपिडी सेवा दिने भएका हुन् । 

नर्भिकले आउने शनिवारदेखि नै सहुलियत दरमा घुँडा, तथा शरीरका अन्य जोर्नीसँग सम्बन्धित शल्यक्रिया(ज्वाइन्ट रिप्लेसमेन्ट सर्जरी) समेत सुरु हुने घोषणा गरेको छ । शनिवारको फ्री ओपिडीमा आउने बिरामीहरुले समेत ज्वाइन्ट रिप्लेसमेन्ट सर्जरीका लागि नाम टिपाउन सक्ने व्यवस्था मिलाइएको छ ।  

बजारको भन्दा निकै सहुलियत दरमा ज्वाइन्ट रिप्लेसमेन्ट सर्जरीको सेवा उपलब्ध गराइने नर्भिक इन्टरनेशनल अस्पतालका प्रमुख कार्यकारी अधिकृत अजय मिश्रले जानकारी दिएका छन् । 

हाडजोर्नीसँग सम्बन्धित समस्या भएका र शल्यक्रिया गर्नुपर्ने बिरामीहरुले फ्री ओपिडीको साथै सहुलियत दरको शल्यक्रिया सेवा समेत लिन सक्नेछन् । 

नर्भिकले विगत केही साताअघिदेखि आफ्नो कर्पोरेट सोसियल रेसपोनसिबिलीटी(सीएसआर) अन्तर्गत प्रत्येक शनिवार कुनै न कुनै विशेषज्ञ चिकित्सकलाई फ्री ओपिडी सेवाका लागि प्रस्तुत गर्ने गरेको छ । यही क्रममा शनिवार डा. बिष्ट र उनको टिमले बिहान १० बजेदेखि मध्यान्ह १२ बजेसम्म नर्भिक अस्पतालमै बिरामीहरुलाई निःशुल्क ओपिडी सेवा दिनेछन् । 

निःशुल्क ओपिडी सेवा लिनका लागि नर्भिक अस्पतालका ओपीडी प्रमुख क्षितिज उप्रेतीलाई ९८४११८१२८१ नम्बरमा वा नर्भिक अस्पतालको कल सेन्टर नम्बर ०१५९७००३२ मा फोन गरेर आफ्नो नाम टिपाउन सकिनेछ ।
 

salt training

कमेन्ट गर्नुहोस्