
कसैको गोजीबाट २–४ नोट रुपैयाँ खसेको प्रायः भेटिने गर्छन् । तर भारतको तमिलनाडुस्थित धर्मपुरी रेलवे लीगमा ५०० र २००० भारतीय रुपैयाँका नोट फालेका भेटिएका छन् ।
रेलवे विभागका कर्मचारीले नोटका बन्डल फालेको भेटेपछि हेर्दा सबै नोट नक्कली रहेका पाइएको छ ।
ती कर्मचारीले प्रहरीलाई खबर गरेका छन् । प्रहरीले घटनामा अनुसन्धान गरिरहेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।
रेलवे कर्मचारी राजकुमारले रेलवे लीगमा नोटहरू फेला पारेपछि प्रहरीलाई खबर गरेका थिए ।