काबुल विमानस्थलमा आईएस आतंकवादी संगठनले आक्रमण गर्न सक्ने गम्भीर खतरा रहेको बेलायतका सशस्त्र बल मन्त्री जेम्स हिप्पेले बताउका छन् ।
अफगानिस्तानबाट भाग्न चाहेका हजारौं मानिस अहिले काबुल विमानस्थलमा भेला भएका छन् ।
हिप्पेका अनुसार, केही घन्टाभित्र तालिबानको कट्टर दुश्मन आईएसआईएस खोरासानले भयंकर आक्रमण गरेर नयाँ सरकारलाई अप्ठ्यारोमा पार्न चाहेको छ ।
अमेरिका, बेलायत र अस्ट्रेलियाले आफ्ना नागरिकलाई विमानस्थलबाट हट्न भनेका छन् । त्यहाँ अनेकौं कार बम विस्फोट हुन सक्ने डर अधिकारीहरूलाई छ ।
आक्रमणको यो सम्भावनाका कारण अफगानिस्तानबाट विदेशीहरूलाई उद्धार गर्न थप दबाब परेको छ । तालिबानले मंगलवारसम्ममा सबै विदेशीलाई अफगानिस्तानबाट बाहिर जान भनेको छ ।
काबुल विमानस्थलबाट टाढा रहन भनिएका अफगानहरू पाकिस्तान र इरानतर्फ पलायन भइरहेका छन् ।