
नेपालमा कोरोना भाइरस (कोभिड- १९) का २ हजार ४ सय ३३ संक्रमित फेला परेका छन् ।
कुल १४ हजार ३ सय ७४ नमूना परीक्षण गर्दा पीसीआरतर्फ २ हजार ५२ र एन्टीजेनतर्फ ३ सय ८१ नमूनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा २६ जनाको मृत्यु भएको छ भने १ हजार ९ सय २९ जना निको भएका छन् ।
हाल मुलुकभरमा कोरोना पुष्टि भएका सक्रिय संक्रमितको संख्या ३८ हजार ३ सय ८४ रहेको मन्त्रालयले जनाएको छ ।