०५ असार २०८३, शुक्रबार

राष्ट्रपति भण्डारीद्वारा शोक प्रकट

भदौ १०, २०७८
राष्ट्रपति भण्डारीद्वारा शोक प्रकट
फाइल फोटो

राष्ट्रपति विद्यादेवी भण्डारीले जनगायक जेबी टुहुरेको असामयिक निधन भएकामा गहिरो दुःख व्यक्त गर्दै उनका शोकाकूल परिवारजनमा समवेदना व्यक्त गरेकी छन् ।

राष्ट्रपतिले बिहीवार साँझ सामाजिक सञ्जालमार्फत शोक व्यक्त गर्दै प्रगतिशील, सांस्कृतिक अभियन्ता एवं जनगायक जेबी टुहुरेको निधनको खबरले आफू ज्यादै दुःखी भएको बताइन् ।
    
प्रगतिशील संगीतका माध्यमबाट नेपालको लोकतान्त्रिक आन्दोलनमा गायक टुहुरेले पुर्‍याएको योगदान चिरस्मणीय रहने बताउँदै राष्ट्रपति भण्डारीले उनीप्रति हार्दिक श्रद्धाञ्जली तथा शोकाकूल परिवारका सदस्यमा गहिरो समवेदना व्यक्त गरेकी छन् ।

salt training

कमेन्ट गर्नुहोस्