
कैलालीको लम्कीचुहा नगरपालिका-६ गुलरास्थित चरेला नदीले बगाउँदा सोही ठाउँ बस्ने ९५ वर्षीया फुपिया थारुनीको बिहीबार दिउँसो मृत्यु भएको छ ।
लुगा धुन गएको अवस्थामा उक्त नदीले बगाई उनी बेपत्ता भएकी थिइन् । ईलाका प्रहरी कार्यालय लम्कीबाट खटिएको प्रहरीले खोजी गर्नेक्रममा घटनास्थलबाट करिब ७ सय मिटर टाढा उनको शव फेला परेको हो ।