×

NMB BANK
NIC ASIA

नीति अनुसन्धान प्रतिष्ठानले गर्‍यो ५७० विज्ञसँग छलफल

भदौ ११, २०७८

NTC
Sarbottam
Premier Steels
Marvel

नीति अनुसन्धान प्रतिष्ठान नेपालको आर्थिक, सामाजिक, राजनीतिक, सांस्कृतिक, सुरक्षा, परराष्ट्र सम्बन्ध, सुशासनलगायत नीति महत्त्वका विभिन्न पक्षमाथि अध्ययन, अनुसन्धान र विश्लेषण गरी नीति–सुधार तथा नयाँ नीतिको निर्माणका लागि तयार गरिएको रोस्टरमा रहेका ५७० विज्ञसँग छलफल गरेको छ ।

Sagarmatha Cement
Muktinath Bank

प्रतिष्ठान नेपाल सरकारलाई तथ्य–आधारित सिफारिस गर्न गठित विज्ञ संस्था (थिंकट्यांक) हो ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

रोस्टरमा सूचीकृत विज्ञहरूले नेपालको नीति अध्ययन–अनुसन्धानको वर्तमान अवस्थालाई कसरी हेरिरहेका छन्, नीति अनुसन्धान सुधार सम्बन्धी राय–सुझाव के छ र विज्ञतालाई नीति प्रवर्द्धनमा कसरी परिचालन गर्न सकिन्छ भन्ने विषयमा केन्द्रित भई नीति अनुसन्धान प्रतिष्ठानले साउन १३  भदौ ९ गतेसम्म ४ भागमा विद्युतीय (भर्चुअल) छलफलको आयोजना गरेको थियो । 


Advertisment
Nabil box
Kumari

छलफलमा नीति–अनुसन्धान, नीति–पैरवी, नीति–अध्यापन लगायत नीतिका विभिन्न पक्षसँग सम्बन्धित सुझावहरू प्राप्त भएका प्रतिष्ठानले जनाएको छ ।

Vianet communication
Laxmi Bank

यस्ता छन् विज्ञका सुझाव –

– संविधानले अंगीकार गरेको समाजवादउन्मुख व्यवस्था अनुरूप नीतिहरू बन्न ढिलाइ भएका कारण संघीय शासन प्रणालीले उचित ढंगबाट काम गर्न सकिरहेको छैन । संघ र प्रदेशबीच कतिपय विषयमा मतभेद बढिरहेको देखिन्छ । किन संविधान अपेक्षित नीति बन्नमा ढिलाइ भइरहेको छ ? यसै विषयमा पहिलो अनुसन्धान हुनु जरुरी देखिन्छ ।

– नीति अस्थिरता नेपालको मूल समस्या हो । एकातिर राम्रा नीतिहरूको कार्यान्वयन हुन सकेको छैन, अर्कातिर सरकार परिवर्तन भएसँगै नयाँ नीति बन्ने–बनाउने होड चलेको देखिन्छ । यो नीति अस्थिरताले देशको समग्र विकासमा बाधा पुगेको कुरा देशको नीति समुदायले महसूस गर्न सकेको देखिन्न ।

– नेपालमा विज्ञहरूको अभाव छैन, काम गर्ने वातावरणको अभाव छ । विदेशबाट ज्ञानआर्जन गरी नेपाल फर्केका विज्ञहरूलाई परिचालन गर्ने विषयमा ठोस नीति नभएका कारण विज्ञहरू विज्ञताको सदुपयोग गर्न पाइरहेका छैनन् । यसबारेमा नेपाल सरकार गम्भीर हुनु जरुरी छ ।

विज्ञहरूले दिएका सुझावहरू संग्रह गरी नीतिगत मामिला बैंक स्थापना गर्ने, तिनको प्राथमिकता पहिचान गरी थप बहस र अनुसन्धान गर्ने र तथ्य–आधारित सिफारिस गर्ने प्रतिष्ठानको उद्देश्य रहेको जनाइएको छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २०, २०८०

काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...

पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

कात्तिक २१, २०८०

पाल्पामा दुईवटा खोलामा डुबेर मंगलवार दुई जनाको ज्यान गएको छ । पाल्पाको तिनाउ गाउँपालिका–३ मा रहेको तिनाउ खोलाको ड्याममा डुबेर घुम्न आएकी भारतीय युवती महिलाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, पाल्पाक...

कात्तिक २१, २०८०

भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...

कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

कात्तिक १५, २०८०

बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x